×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

विष्णुमतीको बाढीले बगाएको कारबाट एक महिलाको उद्धार

विष्णुमतीको बाढीले बगाएको कारबाट एक महिलाको उद्धार

काठमाडौँ । काठमाडौँको ग्राण्डी अस्पताल नजिकैको सडकबाट खोलामा खसेको कारलाई विष्णुमतीको बाढीले बगाएको छ । गएराति ग्राण्डिबाट बानियाटारसम्म करिब डेढ किलोमिटर कार बगेको हो । 

कारबाट प्रहरीले एकजना महिलालाई सकुशल उद्धार गरेको छ । बागमती प्रदेश ०१–०३१ च ६१४१ नम्बरको ईभी कारबाट दाङ घर भएर टोखा बस्ने ३४ वर्षीया भावना वलीको उद्धार गरिएको  छ । गएराति १० बजे भएको सो दुर्घटनाको उद्धारमा प्रहरी वृत्त महाराजगन्जका डीएसपी निरञ्जन थापा र ट्राफिक प्रहरी खटिएका थिए । 

सो कारले नम्बर नखुलेको भाडा कारलाई साइड दिने क्रममा ईभीगाडी माटोमा भासिएर खोलामा खसेको थियो । उद्धार गरिएकी महिलाको ग्रिनसिटी अस्पतालमा उपचार हुँदै छ । 

कार कञ्चनपुर घर भएर धुम्बाराही बस्ने ३५ वर्षीय अङ्कुश सिंहले चलाएका थिए । चालक आफैँ कारबाट निस्केर बाहिर आएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी दीपक गिरीले बताए ।

प्रतिकृया दिनुहोस्