×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

विपक्षी दलहरूको बैठक सुरु

विपक्षी दलहरूको बैठक सुरु

काठमाडौं । विपक्षी दलहरूको बैठक सुरु भएको छ । प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डको कार्यकक्षमा बैठक सुरु भएको हो ।

बैठकमा माओवादीसहित नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी, आम जनता पार्टीका नेताहरू उपस्थित छन् । आजको बैठक लगत्तै विपक्षी दलहरूले पत्रकार सम्मेलन गर्दैछन् ।

सरकार विरुद्ध मोर्चाबन्दीमा लागेका विपक्षी दलहरूले पत्रकार सम्मेलनअघि आवश्यक छलफल थालेको बताइएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकारको कार्यशेली विरुद्ध विपक्षी दल, समाजवादी मोर्चाको अतिरिक्त मधेस केन्द्रित दलहरूले पनि गतिविधि बढाउन थालेका छन् ।

बैठकमा माओवादीबाट उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव वर्षमान पुन, रास्वपाबाट कार्यबाहक सभापति डीपी आर्याल र सचेतक सन्तोष परियार, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, नेकपा एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल र महासचिव बेदुराम भुसाल लगायत उपस्थित छन् ।

प्रतिकृया दिनुहोस्