×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

सर्वोच्चका प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी आह्वान

सर्वोच्चका प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी आह्वान

काठमाडौं । सर्वोच्चका प्रस्तावित तीन न्यायाधीश र एक जना न्याय परिषद् सदस्यकाविरुद्ध उजुरी आह्वान गरिएको छ । संसदीय सुनुवाइ समितिले सूचना जारी गर्दै पदमा नियुक्त हुन उपयुक्त छैन भन्ने लागेमा १० दिनभित्र उजुरु गर्न आह्वान गरेको हो ।

उजुरी समितिको सचिवालय वा जिल्ला प्रशासन कार्यालय मार्फत पनि पठाउन सकिन्छ ।

वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापा सर्वोच्चको न्यायाधीश सिफारिस भएका छन् । भोजपुरका महेशकुमार नेपाल न्यायपरिषद् सदस्य सिफारिए भएका छन् ।

प्रतिकृया दिनुहोस्