×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

गौरीघाट र कमलपोखरी पुगेर राष्ट्रपतिले गरे छठ पूजा

गौरीघाट र कमलपोखरी पुगेर राष्ट्रपतिले गरे छठ पूजा

काठमाडौं । तराइबासी नेपालीको ठूलो पर्व छठ पर्वको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल काठमाडौंको गौरीबाटस्थित वाग्मती नदी किनारमा निर्माण गरिएको छठघाटमा पुगेका छन् ।

त्यहाँ उनले छठीमाइको पूजा गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । उनका अनुसार गौरीघाटबाट फर्किएका राष्ट्रपति पौडेल कमलपोखरीमा रहेको छठघाटमा पनि जाने तयारीमा छन् ।

छठ पर्वको मुख्य दिन बिहीबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिने गरिन्छ । छठ पर्व मनाउन यसअघिदेखि नै राष्ट्रप्रमुख पनि जाने प्रचलन थियो।

प्रतिकृया दिनुहोस्