रोल्पा । एक मात्रै निर्वाचन क्षेत्र रहेको रोल्पामा मतगणना सुरु भएको छ । प्रारम्भिक मतगणनाअनुसार नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का वर्षमान पुनले अग्रता लिएका छन् ।
यहाँ ५९४ मत गणना गर्दा पुनले २६५ मतका साथ अग्रता लिएका छन् । उनलाई नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का चुडामणि वलीले २५९ मतका साथ पछ्याइरहेका छन् ।
त्यस्तै नेकपा एमालेका गोकुलप्रसाद घर्तीले २०, कांग्रेसका सुदनकुमार वलीले ७ तथा रास्वपाका बालराम थापाले ७ भोट पाएका छन् ।