×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

बैङ्किङ कसुरमा २ वर्ष कैद ठहर भएका सत्यमान लामा पक्राउ

बैङ्किङ कसुरमा २ वर्ष कैद ठहर भएका सत्यमान लामा पक्राउ

काठमाडौँ । बैङ्किङ कसुर मुद्दामा २ वर्ष कैद सजाय ठहर भएका सत्यमान लामालाई प्रहरीले पक्राउ गरेको छ । काभ्रेको तेमाल गाउँपालिका वडा नम्बर–६ घर भएर बालुवाटार बस्ने लामालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए ।

रामकुमार तिवारीको जाहेरीले बैङ्किङ कसुर मुद्दामा काठमाडौँ जिल्ला अदालतले उनलाई २ वर्ष कैद र ३० लाख जरिवाना हुने ठहर गरेको छ । २०८० चैत २७ मा अदालतले फैसला गरेपछि उनी फरार थिए ।

गुण्डागर्दीबाट उदाएका लामा पछिल्लो सयम बुद्धचित्त मालाको कारोबार गर्दै आएका छन् । उनी विरुद्ध सिन्धुलीको फिक्कल गाउँपालिका वडा नम्बर–५ स्थित होमबहादुर सुनुवारको बुद्धचित्तको मालाको दाना लुटेको कसुरमा पनि पक्राउ पुर्जी जारी भएको छ ।

फिक्कल गाउँपालिका वडा नम्बर–१ का वडा अध्यक्ष होमबहादुर सुनुवारसँग करार सम्झौता गरेर किनेको बुद्धचित्तको दाना अर्को समूहले ‘लुटेको’ भन्दै आर्यन खतिवडाले प्रहरीमा जाहेरी दिएका थिए । बुद्धचित्तको रुख होमबहादुर सुनुवारको स्वामित्वमा छ ।

खतिवडाले दिएको जाहेरीको आधारमा डाँका चोरी तथा लुटपाट मुद्दामा लामा सहित ४ जनाविरुद्ध सिन्धुली जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ ।

बारा घर भएका आर्यन खतिवडाले सो मालाको दाना आफूले ६५ लाखमा खरिद गर्ने गरी ‘करार सम्झौता’ गरेको बताएका छन् । साउन १ मा अर्को समूहले जबरजस्ती दाना टिपेका हुन् । लुटमा संलग्न पुष्पलाल दोङ सहितका अन्य आरोपी फरार छन् ।
 

प्रतिकृया दिनुहोस्