×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

अखिल क्रान्तिकारीको मधेस प्रदेशको मतगणना स्थगित

अखिल क्रान्तिकारीको मधेस प्रदेशको मतगणना स्थगित

काठमाडौँ । अनेरास्ववियु क्रान्तिकारीको मधेस प्रदेशमा जारी मतगणना विवादका कारण रोकिएको छ । एक सय ५४ मत गणना हुँदा चार मत कम देखिएपछि विवाद भएको एक विद्यार्थी नेताले जानकारी दिए ।

विवादकै क्रममा अध्यक्षका उम्मेदवार विजय शर्मा सापकोटा पक्षधरले मतपत्रमा पानी खन्याएपछि मतगणना स्थगित भएको ती नेताले जानकारी दिए । मधेस प्रदेशमा अध्यक्षका उम्मेदवार उपदेश यादवले सबैभन्दा बढी ६७ मत ल्याएका छन् । हेमन्त राईले ४१, सापकोटाले ४० र सुदिन पौडेलले एक मत पाएका छन् । ती नेताका अनुसार एक मत बदर भएको छ । 

अहिले दुवै पक्षले पुनः निर्वाचन हुनुपर्ने माग गरेका छन् । 

प्रतिकृया दिनुहोस्