×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

मधेश प्रदेश

मधेश प्रदेश सभाको चौथो अधिवेशन आजदेखि

मधेश प्रदेश सभाको चौथो अधिवेशन आजदेखि

काठमाडौं । मधेश प्रदेशसभाको चौथो अधिवेशन आजदेखि सुरु हुँदैछ । आज दिउँसो १ बजेको लागि डाकिएको प्रदेश सभाको बैठकमा प्रदेश प्रमुखबाट प्राप्त मधेश प्रदेश सभाको चौथो अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाइने लगायतको कार्यसूची छ ।

सभामुखले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणको पत्र पढेर सुनाउने, मधेश प्रदेश सभा कार्यसञ्चालन नियमावली, २०७५ को नियम ११ बमोजिम बैठकको अध्ययक्षता गर्ने सांसदको मनोनयन हुने समेत कार्यसूची छ ।

त्यस्तै बैठकमा प्राकृतिक स्रोत तथा वातावरण समितिका सभापति शारदा दास पहाडीले मधेशमा पर्यटनको विकास र प्रवर्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न विधेयकसम्बन्धी समितिको प्रतिवेदन सभामा पेश गर्ने र अधिवेशनको प्रारम्भको अवसरमा दलीय आधारमा प्रदेशसभाका सदस्यहरुले शुभकामना मन्तव्य गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्