×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

अर्थ/वाणिज्य

१३.९५ अंकले बढ्यो सेयर बजार

१३.९५ अंकले बढ्यो सेयर बजार

काठमाडौं । बिहीबार सेयर बजारको परिसूचक नेप्से १३.९५ अंक बढेको छ । यो अंकको वृद्धिसँगै नेप्से २७४८ अंकमा कायम भएको छ । यस दिन १० अर्ब ३२ करोड रुपैयाँ बराबरको कारोबार भयो। अघिल्लो दिन ७ अर्ब ९१ करोडको कारोबार भएको थियो ।

१५९ कम्पनीको मूल्य बढ्दा ७९ को घट्यो भने ६ को स्थिर रह्यो । यस दिन हाइड्रोपावर समूह सबैभन्दा धेरै १.३४ प्रतिशत बढ्यो । त्यस्तै विकास बैंक १.२१, बैंकिङ ०.४४, होटल तथा पर्यटन ०.९३, माइक्रोफाइनान्स ०.७७ तथा अन्य समूह ०.६३ प्रतिशत बढे । फाइनान्स ०.०९, लगानी ०.०३, जीवन बीमा ०.०३, उत्पादन ०.३, निर्जीवन बीमा ०.०८ र व्यापार समूह ०.६२ प्रतिशत घटे ।

तीन कम्पनी गुराँस लघुवित्त, स्वाभिमान लघुवित्त र अपरहेवाखोला जलविद्युत् कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । ङादी ग्रुपको ९.७९, माछापुच्छ्रे बैंकको ९.५६, धौलागिरि लघुवित्तको ८.७ प्रतिशत मूल्य बढ्यो ।

रावा इनर्जीको मूल्य सबैभन्दा धेरै ९.१२ प्रतिशत घट्यो । त्यस्तै कुथेली बुकरी स्मल हाइड्रोपावरको ७.३, पिपुल्स हाइड्रोपावरको ६.०८, सुपरमाइ हाइड्रोपावरको ४.९२, समृद्धि फाइनान्सको ४.३६ प्रतिशत घट्यो । धेरै कारोबार भएका कम्पनीमा जानाकी फाइनान्स, ङादी ग्रुप पावर, समृद्धि फाइनान्स, नेपाल फाइनान्स, पिपुल्स हाइड्रोपावर क्रमश अगाडि रहे ।

प्रतिकृया दिनुहोस्