×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

अखिल क्रान्तिकारीको अन्तिम मतपरिणाम भोलि बिहानसम्म सार्वजनिक हुने

अखिल क्रान्तिकारीको अन्तिम मतपरिणाम भोलि बिहानसम्म सार्वजनिक हुने

काठमाडौँ । अनेरास्ववियु क्रान्तिकारीको मतदान सकिएको छ । अहिले सबै प्रदेशको मुचुल्का उठाउने काम भइरहेको निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिका अनुसार मत गणना आजै सुरु भए पनि अन्तिम मत परिणाम आइतबार बिहानसम्ममा सार्वजनिक हुनेछ ।

अहिले कुन प्रदेशमा कति मत खस्यो भन्नेबारे संकलन भइरहेको प्रमुख मुक्ति प्रधानले जानकारी दिए । पदाधिकारी, सचिवालय सदस्य, केन्द्रीय, सदस्य, केन्द्रीय निकायका छुट्टा छुट्टै मतपत्र रहेकाले सबै मत सङ्कलन भएपछि मत परिणाम सार्वजनिक तयारी रहेको प्रधानले बताए ।

उनका अनुसार प्रत्येक प्रदेशमा मतगणना हुनेछ । २३९८ मतदाता रहेकोको करिब ५५ देखि ६० मत खसेको अनुमान गरिएको छ । ३३ पदाधिकारी, ४८ सचिवालय सदस्य, १६२ केन्द्रीय सदस्य, केन्द्रीय निकायका पदाधिकारी तथा सदस्यहरूको लागि निर्वाचन भएको हो ।
 

प्रतिकृया दिनुहोस्