×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

उपनिर्वाचनका लागि दल दर्ता आह्वान

उपनिर्वाचनका लागि दल दर्ता आह्वान

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह सदस्य उपनिर्वाचनका लागि दल दर्ताको आह्वान गरेको छ । संविधानको धारा २७१ बमोजिम आयोगले आगामी मंसिर १६ गते तय भएको उपनिर्वाच्नका लागि दल दर्तासम्बन्धी सूचना निकालेको हो । 

दल दर्ताका लागि निवेदन दिँदा राजनीति दलसम्बन्धी नियमावली, २०७४ को अनुसूची–१२ बमोजिमको ढाँचामा निवेदन दिनुपर्ने छ । यस्तै दलको विवरण, वार्षिक लेखा परीक्षण प्रतिवेदन, संगठनात्मक स्वरुपसहितका आवश्यक कागजात दल दर्ताका लागि निवेदन दिँदा पेस गर्नुपर्ने आयोगको सूचनामा उल्लेख छ । 

दलहरुले असोज १० देखि १६ गतेभित्र कार्यालय समयमा निवेदन दिनुपर्ने आयोगले बुधबार जारी गरेको सूचनामा उल्लेख छ । 

प्रतिकृया दिनुहोस्