×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

सूचना/प्रविधि

अब एन्ड्रोइड फोनमा पनि अत्याधुनिक वायरलेस चार्जिङ प्रविधि उपलब्ध हुने

अब एन्ड्रोइड फोनमा पनि अत्याधुनिक वायरलेस चार्जिङ प्रविधि उपलब्ध हुने

कैयन् वर्षको पर्खाइपछि अन्ततः एन्ड्रोइड फोनमा समेत अत्याधुनिक वायरलेस चार्जिङ प्रविधि उपलब्ध हुने भएको छ । वायरलेस पावर कन्सोर्टियमका अनुसार एन्ड्रोइड फोनमा निकट भविष्यमै Qi2 वायरलेस प्रविधिको सुरुवात हुन लागेको पुष्टि गरेको छ । यो मामिलामा सामसुंग तथा गुगल सबैभन्दा अगाडि छन् ।

कन्जुमर इलेक्ट्रोनिक शो २०२५ मा गरिएको उक्त घोषणाले एप्पलमा जस्तै एन्ड्रोइड फोनमा पनि वायरलेस चार्जिङ प्रविधिको प्रतिक्षा गरिरहेका प्रयोगकर्ताहरुमा उत्साह बढाइदिएको छ ।

Qi2 वायरलेस चार्जिङको क्षेत्रमा ठूलो कदम

वास्तवमा Qi2 वायरलेस चार्जिङमा एउटा ठूलो सुधार हो जसले पुरानो Qi  मानकलाई परिवर्तन गर्नेछ । यो प्रविधिले तीव्र तथा अधिक कुशल चार्जिङ उपलब्ध गराउनेछ, जसमा चार्जिङ स्पीड १५ वाटसम्म हुनसक्नेछ ।

Qi2 प्रविधिले चुम्बकीय रिंग्सको प्रयोग गर्दछ, जुन डिभाइससँग सही तरिकाले एकीकृत हुन्छ । उक्त डिजाइनले उर्जाको क्षति कम गर्दछ, जसबाट चार्जिङ प्रक्रिया अधिक विश्वसनीय तथा कुशल बन्दछ ।

एप्पलले MagSafe 2023 बाट यस्तै वायरलेस चार्जिङ प्रविधि उपलब्ध गराइरहेको अवस्थामा यो क्षेत्रमा एन्ड्रोइड भने पछि रहँदै आएको छ । तर Qi2 आएसँगै यसको अभाव पूर्ति हुनेछ ।

सामसुङ र गुगलको ठूलो योगदान

गुगल र सामसुङले आधिकारिक रुपमा क्यू आइ टू मानक अबलम्बन गर्ने पुष्टि गरेका छन् । यो वर्षको अन्त्य सम्ममा ग्यालेक्सी फोनमा उक्त वायरलेस चार्जिङ प्रविधि उपलब्ध गराइने सामसुङले जनाएको छ । यद्यपि यसै महिला लञ्च हुने ग्यालेक्सी एस २५ सिरिजका स्मार्टफोनमा यस्तो वायरलेस चार्जिङ प्रविधि हुने नहुने भन्ने कुरा प्रष्ट भएको छैन । कतिपयले Qi2 को पूर्ण एकीकरण ग्यालेक्सी एस२६ मा मात्रै हुने बताएका छन् ।

एप्पलको म्यागसेफसँग प्रतिस्पर्धा     

वर्षौँदेखि एप्पल प्रयोगकर्ताले म्यागसेफको माध्यमबाट उत्कृष्ट चार्जिङको अनुभव लिन पाएका छन् । एन्ड्रोइड फोनले वायरलेस चार्जिङ सपोर्ट गरेपनि यो कम विश्वसनीय तथा सुस्त छ । तर क्यू आई टू को आगमनसँगै यो स्थिति बदलिन सक्दछ । म्याग्नेटिक अलाइनमेन्ट सिस्टम अबलम्बन गरेर एन्ड्रोइड डिभाइसले उत्कृष्ट पर्फमेन्स तथा तीव्र गतिको चार्जिङ प्रदान गर्नेछ र एप्पलको प्रविधिसँग बराबरीमा पुग्नेछ ।

प्रतिकृया दिनुहोस्