×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

मुख्य सचिवको कार्यकाल २ र सचिवको ३ वर्ष बनाउन प्रस्ताव

मुख्य सचिवको कार्यकाल २ र सचिवको ३ वर्ष बनाउन प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका सांसद जीवन परियारले मुख्य सचिव र सचिवको कार्यकाल कम गर्ने प्रस्ताव गरेका छन् । संघीय निजामती विधेयकमा यस सम्बन्धी व्यवस्था हुनुपर्ने उनको प्रस्ताव छ । बुधबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितीको बैठकमा विधेयकमाथिको छलफलका क्रममा उनले यस्तो प्रस्ताव गरेका हुन् ।

‘मुख्य सचिवको कार्यकाल २ वर्ष र सचिवको ३ वर्ष बनाऔं,’ सांसद परियारले भने । अहिले जिम्मेवारीमा रहेका केहीलाई कस्तो असर गर्छ भन्ने नहेरी भविष्य हेरेर कानुन बनाउनेतर्फ ध्यान दिनुपर्ने उनले बताए ।

सचिवको कार्यकाल पाँच वर्ष रहेको तर कर्मचारी कहिले कहाँ सरुवा हुन्छ भन्ने प्रष्ट नहुँदा मन्त्रालय चाहर्दा हैरानी हुने उनले बताए । सचिवको सरुवा व्यवस्थित बनाउने र कार्यकाल ३ वर्ष बनाएर ठोस रुपमा काम लिन सक्नुपर्ने उनको भनाइ थियो ।

प्रतिकृया दिनुहोस्