×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

विश्व

महारानी लक्ष्मीबाई मेडिकल कलेजमा भीषण आगलागी, १० शिशुको मृत्यु

महारानी लक्ष्मीबाई मेडिकल कलेजमा भीषण आगलागी, १० शिशुको मृत्यु

भारत । उत्तर प्रदेशको झाँसीस्थित महारानी लक्ष्मीबाई मेडिकल कलेजमा शुक्रबार राति भएको भीषण आगलागीमा परी १० नवजात शिशुको मृत्यु भएको छ ।

झाँसी जिल्ला मजिस्ट्रेटले १० शिशुको मृत्यु भएको पुष्टि गरेको छ । झाँसीको यो घटनालाई लिएर उत्तर प्रदेशका उपमुख्यमन्त्री केशवप्रसाद मौर्यले आफ्नो ट्विटमा घटनाबारे दुख व्यक्त गर्दै घाइते अरू बालबालिकाको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् ।

समाचारअनुसार मेडिकल कलेजको नियोनेटल इन्टेन्सिभ केयर युनिट (एनआइसीयू) मा आगलागी भएको हो। केहीको जलेर र केहीको निसास्सिएर मृत्यु भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

घटनामा थप ३७ जना नवजात शिशु घाइते भएका छन् । १८ शय्या रहेको एनआइसियुमा ४९ जना नवजात शिशुलाई राखिएको बताइएको छ । विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ ।

प्रतिकृया दिनुहोस्