×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

सरकारले सदनलाई अवमूल्यन गरेर ल्याएको अध्यादेश गलत : प्रचण्ड

सरकारले सदनलाई अवमूल्यन गरेर ल्याएको अध्यादेश गलत : प्रचण्ड

सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकारले ल्याएको अध्यादेश पास हुन सक्ने स्थितिमा नरहेको बताएका छन् । उनले सरकारले सदनलाई अवमूल्यन गरेर ल्याएको अध्यादेश नै गलत रहेको बताए । 

मङ्गलवार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले भने, ‘सरकारले अहिले जसरी सदनलाई अवमुल्यन गरेर अध्यादेश ल्यायो त्यो गलत थियो । यसलाई अस्वीकार गरेका छौँ तर पारित हुन सक्ने स्थिति पनि छैन।’

दुई तिहाइको अहङ्कारलाई राष्ट्रिय सभाले धक्का दिएको उल्लेख गर्दै उनले बहुमतले पेलेर जान सक्ने अवस्थामा सरकार नरहेको बताए । 

माओवादीले कुनै पनि हालतमा अध्यादेश पास गर्न नसघाउने उल्लेख गर्दै प्रचण्डले जसपाको निर्णयमा अध्यादेशको भविष्य रहेको पनि बताए । सरकार जसपाले गर्ने निर्णयमा भर पर्ने हुँदा गाह्रो रहेको उनको भनाइ थियो । 

उनले गिरीबन्धुको विषयलाई आफूले सदनदेखि सबैतिर उठाइएको स्मरण गर्दे अहिले परेको मुद्दालाई अदालतले गम्भीर रूपमा लिने पनि विश्वास व्यक्त गरे । 

यस्तै प्रचण्डले माओवादीको ध्यान अहिले सरकारतिर नरहेको बताउँदै भने, ‘जति चलोस् चलोस् हामीलाई टेन्सन छैन। तर यो सरकार अपारदर्शी र भ्रष्टाचारीलाई बचाउनका लागि बनेको हो । यो भ्रष्टहरूको सरकार हो । उनीहरूले गलत गरे हेरेर त बस्दैनौँ ।’ उनले एमाले अध्यक्ष तथा प्धानमन्त्री केपी ओली जाली झेली, बेइमानी भएको समेत बताए । 

प्रतिकृया दिनुहोस्