×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आइतबार अपरान्ह पाँच बजे बस्नेगरी प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बोलाएको उनको सचिवालयले बताएको छ ।

मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्नेछ । प्रधानमन्त्री ओली भोलि (सोमबार) चीनको औपचारिक भ्रमणमा जाँदैछन् । त्यसअघि मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।

आजको बैठकले उनको भ्रमण स्वीकृत गर्नेछ । यसअघि प्रधानमन्त्री ओलीले हिजो (शनिबार) राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेर भ्रमणबारे जानकारी गराएका थिए ।

प्रतिकृया दिनुहोस्