×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

श्रीलंकाका राजदूत नेपालीले गरे शपथ ग्रहण

श्रीलंकाका राजदूत नेपालीले गरे शपथ ग्रहण

काठमाडौं । श्रीलंकाका लागि नेपाली राजदूत पूर्णबहादुर नेपालीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आज राष्ट्रपतिको कार्यालय महाराजगञ्जमा पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् ।

नेपालीलाई मन्त्रिपरिषद् बैठकले गत मंसिर ६ गते राजदूतका लागि सिफारिस गरेको थियो । उनलाई १४ पुसमा संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको थियो ।

त्यसपछि १९ फागुनमा राष्ट्रपति पौडेलले उनलाई राजदूत पदमा नियुक्त गरेका थिए ।

प्रतिकृया दिनुहोस्