×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाज

सप्तरीमा धानखेतमा युवकको शव फेला

सप्तरीमा धानखेतमा युवकको शव फेला

काठमाडौँ । सप्तरीको अग्निसाईर कृष्णासवरण गाउँपालिकामा धान खेतमा एक युवकको शव फेला परेको छ । वडा नम्बर ६ मोहनपुर बस्ने २८ वर्षीय ईश्वर पोखरेलको शव बुधबार विहान स्थानीय शनि चौधरीको खेतमा फेला परेको हो ।

उनको के कारणले मृत्यु भएको हो भन्ने खुलेको छैन । शव पोस्टमार्टमका लागि गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा राखिएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको र पोस्टमार्टमपछि मृत्युको कारण खुल्ने सप्तरीका प्रहरी प्रवक्ता डीएसपी ढुंडीराज न्यौपानेले बताए ।

परिवारजनका अनुसार विश्वकर्मा पूजाको अवसरमा पोखरेल महुली बजारमा आयोजित सांस्कृतिक कार्यक्रम हेर्न पुगेका थिए । वैदेशिक रोजगारीमा रहेका पोखरेल १५ दिनअघि आमा बितेपछि किरिया गर्न घर फर्केका थिए ।
 

प्रतिकृया दिनुहोस्