×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

जनमत पार्टीका केन्द्रीय सदस्य र सांसदका श्रीमान् जसपा नेपाल प्रवेश

जनमत पार्टीका केन्द्रीय सदस्य र सांसदका श्रीमान् जसपा नेपाल प्रवेश

काठमाडौं । जनमत पार्टीकी प्रदेश सांसद सीता गुरुङका श्रीमान् जनता समाजवादी पार्टी (जसपा) नेपाल प्रवेश गरेका छन् । शनिबार जसपा नेपाल रुपन्देही जिल्ला समितिले भैरहवाको बुद्धचोकमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा सांसद गुरुङका श्रीमान् कैलाश गुरुङ प्रवेश गरेका हुन् ।

उनलाई अध्यक्ष उपेन्द्र यादवले पार्टी प्रवेश गराए । त्यस्तै, सोही पार्टीका केन्द्रीय सदस्य निलम यादव पनि जसपा नेपालमा प्रवेश गरेकी छिन् ।

जसपा नेपालको प्रचार विभागले दिएको जानकारी अनुसार शनिबार विभिन्न पार्टी परित्याग गरेर विभिन्न व्यक्ति प्रवेश गरेका छन् ।

प्रतिकृया दिनुहोस्