×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाज

बरमझियामा बस दुर्घटना हुँदा १ जनाको मृत्यु, २६ घाइते

बरमझियामा बस दुर्घटना हुँदा १ जनाको मृत्यु, २६ घाइते

काठमाडौं। सप्तरीको कञ्चनरुप नगरपालिका बरमझियामा आज बिहान बस दुर्घटना हुँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ ।

उदयपुरको गाईघाटबाट काँकडभिट्टातर्फ गइरहेको प्रदेश १–०१–००१ ख ४१२६ नम्बरको बस आज बिहान करिब ७ बजे दुर्घटना हुँदा उदयपुरकी २१ वर्षीया मैया राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा २६ जना घाइते भएका छन् । घाइतेमध्ये आठ जनाको अवस्था गम्भीर छ । उनीहरूलाई उपचारका लागि विराटनगर पठाइएको छ । घाइते अन्य १८ जनाको उपचार स्थानीय धर्मेश्वर अस्पतालमा भइरहेको छ ।

विपरीत दिशाबाट आएको मोटरसाइकल जोगाउन खोज्दा बस दुर्घटना भएको बताइएको छ । बस र मोटरसाइकल सडकमै पल्टिएका थिए । बसलाई डोजरको सहायताले उठाइएको छ ।

प्रतिकृया दिनुहोस्