×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

पूर्वपश्चिम राजमार्गअन्तर्गत दुम्कीबास सडक अनिश्चितकालका लागि बन्द

पूर्वपश्चिम राजमार्गअन्तर्गत दुम्कीबास सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ-बुटवल सडकखण्ड अनिश्चितकालका लागि बन्द भएको छ । उक्त सडकखण्डको दुम्कीबासस्थित विनयी खोलाको डाइभर्सन वर्षाले बगाएकोले त्यहाँ नयाँ पुल नबन्दासम्मका लागि सडक बन्द गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को बैठकले सडक मर्मतको काम भइरहेकोले काम सम्पन्न भएपछि मात्रै यातायात सञ्चालन गर्ने निर्णय गरेको हो ।

यो सडकखण्डमा ठूला गाडीलाई पूर्णरुपमा निषेध गरिएको छ भने अन्य गाडीलाई राति ७ बजेदेखि बिहान ५ बजेसम्मका लागि निषेध गरिएको छ ।

प्रतिकृया दिनुहोस्