×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. रामेश कोइरालाले दिए राजीनामा

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. रामेश कोइरालाले दिए राजीनामा

काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्डियोभास्कुलर विभाग प्रमुखसहित वरिष्ठ कन्सल्टेन्ट कार्डियाक सर्जन डा. रामेश कोइरालाले राजीनामा दिएका छन् ।

व्यक्तिगत कारणले काम गर्न असमर्थ भएको भन्दै उनले आगामी ३० असोजदेखि लागू हुने गरी राजीनामा दिएका हुन् । विदेशमा रहेका कारण इलेक्ट्रोनिक मेलमार्फत हस्ताक्षर प्रमाणीकरण गर्न नसक्ने उनले बताए ।

१६ अक्टोबर २०२५ सम्म केन्द्रमा उपस्थित हुन नसक्ने बताउँदै उनले आफ्नो व्यक्तिगत सामानबाहेक केन्द्रका कुनै जरुरी वा गोप्य कागजात नरहेको जनाएका छन् । राजीनामा दिए पनि उनले केन्द्रको प्रगति, पूर्व स्वास्थ्यमन्त्री गगन थापा, हालका स्वास्थ्यमन्त्री प्रदीप पौडेल लगायतको सपना र स्वास्थ्य सेवाप्रति संघीय सरकारको प्रतिबद्धता निरन्तर रहोस् भन्ने शुभेच्छा व्यक्त गरेका छन् ।

डा. रामेशले गंगालाल अस्पतालमा २५ वर्ष बिताएका छन् ।

उनले राजीनामा पत्रमा भनेका छन्, ‘शहीद गंगालाल राष्ट्रिय हदृय तथा स्नायु केन्द्रका  रुपमा देशलाई गौरवान्वित हुने मौका दिनेछ भन्नेमा विश्वत छु र यस्ता हरेक कार्यमा म सल्लाह सुझावका लागि हरदम उपलब्ध हुने नै छु ।’

तर, अस्पताल प्रशासनले भने डा. कोइरालाले राजीनामा भने नदिएको जनाएको छ । ‘उहाँको छोरी अमेरिकामा बस्नुहुन्छ’, अस्पताल प्रमुख डा. रवि मल्लले  भने, ‘छोरीसँग भेट गर्ने भन्दै घरायसी बिदा ४१ दिनको मागेर जानुभएको हो ।’

डा। कोइरालाले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि आवेदन दिएका थिए । तर, सरकारले उनलाई प्रतिष्ठानको जिम्मेवारी नदिएका कारण असन्तुष्ट भएर राजीनामा दिएको बुझिएको छ ।

प्रतिकृया दिनुहोस्