×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

यी हुन् सहकारी ठगेर फरार हुने २९ जना (सूची)

यी हुन् सहकारी ठगेर फरार हुने २९ जना (सूची)

काठमाडौँ । सहकारीको बचत अपचलन गरेर २९ जना फरार भएको सहकारी छानबिन समितिले प्रतिवेदनमा उल्लेख गरेको छ ।  सूर्य थापा नेतृत्वको समितिले सहकारीको पैसा ठगेर जीबी राई मलेसियामा रहेको प्रतिवेदनमा लेखेको छ । फरार भएकै कारणले उनीसँग बयान लिन नसकिएको समितिको प्रतिवेदनमा उल्लेख छ ।

यसबाहेक भरत महर्जन, राजमाया महर्जन, सचिन महर्जन‚ ज्योति गुरुङ‚ दीपक थापा लगायतका व्यक्ति फरार रहेको समितिले प्रतिवेदनमा लेखेको छ । फरारको सूचीमा रहेका उनीहरूलाई उपलब्ध गराइदिन समितिले सरकारलाई निर्देशन दिएको प्रतिवेदनमा लेखिएको छ ।

प्रतिकृया दिनुहोस्