×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

विश्व

सिरियाका राष्ट्रपति असादले छाडे राजधानी

सिरियाका राष्ट्रपति असादले छाडे राजधानी

काठमाडौं । सिरियाका राष्ट्रपति बसर अल असाद राजधानी दमिस्क छाड्न बाध्य भएका छन् । विद्रोहीहरु प्रमुख शहरहरु कब्जा गर्दै राजधानी प्रवेश गरेपछि राष्ट्रपति असादले राजधानी छाडेका हुन् ।

रोयटर्सले सिरियाका दुई वरिष्ठ अधिकारीको स्रोत उद्धृत गर्दै राष्ट्रपति बसर अल असदले राजधानी छाडेको समाचार लेखेको छ । यद्यपि उनी राजधानी छाडेर कहाँ गए भन्ने उल्लेख छैन ।

मिडिया रिपोर्टहरुका अनुसार राजधानी दमिस्कमा गोली चलेको आवाज सुनिएको छ । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले राजधानी दमिस्कबाट एउटा निजी विमान उडेको र त्यसमा राष्ट्रपति बशर अल असद हुनसक्ने जनाएको छ ।

प्रतिकृया दिनुहोस्