×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

अर्थ/वाणिज्य

सुनको मुल्यमा दिनदिनै नयाँ रेकर्ड

सुनको मुल्यमा दिनदिनै नयाँ रेकर्ड

काठमाडौं । सुनको मूल्यमा आज वृद्धि भएको छ भने चाँदीको मूल्य भने सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा २ लाख ३८ हजार रुपैयाँ कायम भएको छ ।

मंगलबार तोलामा २ लाख ३५ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तोलामा २ हजार ६ सय रुपैयाँले बढेको हो ।  १० ग्रामको मूल्य पनि मंगलबारको २ लाख १ हजार ८२० रुपैयाँबाट बढेर आज २ लाख ४ हजार ४५ रुपैयाँ पुगेको छ । जुन मूल्य हालसम्मकै उच्च हो ।

यसैगरी मंगलबार तोलाको २ हजार ९६० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा २ हजार ९५५ रुपैयाँमा पुगेको छ, अर्थात् तोलामा ५ रुपैयाँले सस्तो भएको हो । १० ग्राम चाँदीको मूल्य पनि २ हजार ५३८ रुपैयाँबाट घटेर २ हजार ५३३.५० रुपैयाँ पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलरको उतारचढाव र सुनप्रतिको माग बढेसँगै नेपाली बजारमा पनि सुनको मूल्य फेरि उकालो लागेको बताइएको छ ।
 

प्रतिकृया दिनुहोस्