काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा ६ सय रुपैयाँ बढेर प्रतितोला दुई लाख ३८ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा १० रुपैयाँ बढेर प्रतितोला तिन हजार २० रुपैयाँमा कारोबार भैरहेको छ ।