काठमाडौं । बिहीबार नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा ५ सय रुपैयाँ बढेर प्रतितोला एक लाख ७१ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो बुधबार सुन प्रतितोला एक लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा १० रुपैयाँ बढेर प्रतितोला एक हजार ९ सय ९५ रुपैयाँमा कारोबार भैरहेको छ ।