×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

एमालेले दानमा पाएको जग्गा विवादसम्बन्धी मुद्दा हेर्न नभ्याउने हुँदै स्थगित

एमालेले दानमा पाएको जग्गा विवादसम्बन्धी मुद्दा हेर्न नभ्याउने हुँदै स्थगित

काठमाडौँ । नेकपा एमालेले दानमा पाएको जग्गा विवादसम्बन्धी मुद्दा हेर्न नभ्याउने हुँदै स्थगित भएको छ । मंगलबार रिट निवेदनको पेसी न्यायाधीशद्वय सपना प्रधान मल्ल र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासमा तोकिएकोमा हेर्न नभ्याउने भएको हो । 

यसअघि आइतबार उक्त मुद्दा प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतसहितको इजलासमा पेसी परेकोमा सो दिन पनि हेर्न नभ्याउने भएको थियो । 

अधिवक्ता ज्ञानबहादुर बस्नेतले दायर गरेको उक्त मुद्दामा पहिलो सुनुवाई गर्दै सर्वोच्चले कात्तिक १२ गते अल्पकालिन अन्तरिम आदेश जारी गरेको थियो । न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले भाटभटेनी डिपार्टमेन्ट स्टोरका मालिक मीनबहादुर गुरुङसँग जग्गा लिने कार्य  तत्कालका लागि रोक लगाएको थियो ।   

अधिवक्ता बस्नेतले एमालेलाई जग्गा दान दिने गुरुङको निर्णय अन्तरिम आदेश मार्फत बदर गर्न माग गर्दै  कात्तिक ७ गते रिट दायर गरेका थिए । 

प्रतिकृया दिनुहोस्