×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

बैंक/वित्त

८० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

८० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले तरलता प्रशोचन गर्ने भएको छ । निक्षेप संकलन उपकरण बोलकबोल मार्फत बुधबार ८० अर्ब तरलता खिच्ने भएको हो ।

राष्ट्र बैंकले १४ दिनका लागि निक्षेप संकलन उपकरण बोलकबोल मार्फत तरलता खिच्ने भएको हो । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि चालु आर्थिक वर्ष सुरुवातबाट नै राष्ट्र बैंकले निरन्तर तरलता खिच्दै आएको छ ।

निक्षेप संकलन दरमा स्थायी निक्षेप सुविधा दिएको केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण बोलकबोल मार्फत पनि तरलता खिचिरहेको छ । बुधबार बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ–ब्याज ९ माघमा भुक्तानी हुनेछ ।

निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोलबाट तय हुनेछ ।

प्रतिकृया दिनुहोस्