×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

बैंक/वित्त

साउन महिनामा चालु खाता ३० अर्ब ८९ करोड रुपैयाँले बचतमा

साउन महिनामा चालु खाता ३० अर्ब ८९ करोड रुपैयाँले बचतमा

काठमाडौँमा । चालु आर्थिक वर्ष २०८१/८२ को साउन महिनामा चालु खाता ३० अर्ब ८९ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १३ अर्ब ३७ करोडले बचतमा थियो । 

अमेरिकी डलरमा अघिल्लो वर्षको साउनमा १० करोड १३ लाखले बचतमा रहेको चालु खाता यो साउनमा २३ करोड ४ लाखले बचतमा छ । चालु खाताअन्तर्गत वस्तु तथा सेवा व्यापार खाता, आम्दानी खाता र ट्रान्सफर खाता रहेका हुन्छन् ।

साउनसम्म खुद पुँजीगत ट्रान्सफर २२ करोड ३२ लाख रुपैयाँ कायम भएको छ भने प्रत्यक्ष वैदेशिक पुँजी लगानी आप्रवाह ७९ करोड ९८ लाख रुपैयाँ रहेको छ । गत आवको साउनमा खुद पुँजीगत ट्रान्सफर २७ करोड २६ लाख थियो भने प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह २ अर्ब ६५ करोड थियो ।

चालु आवको पहिलो महिनामा शोधनान्तर स्थिति ४० अर्ब ९० करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ३६ अर्ब ४३ करोडले बचतमा थियो । अमेरिकी डलरमा अघिल्लो वर्ष साउनमा २७ करोड ६३ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ३० करोड ५१ लाखले बचतमा रहेको छ ।

प्रतिकृया दिनुहोस्