×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

कीर्तिपुर नगरपालिकाको मेयर पदमा एमालेका सुरेन्द्र मानन्धरले गरे उम्मेदवारी दर्ता

कीर्तिपुर नगरपालिकाको मेयर पदमा एमालेका सुरेन्द्र मानन्धरले गरे उम्मेदवारी दर्ता

काठमाडौँ । कीर्तिपुर नगरपालिकाको मेयर पदमा एमालेका सुरेन्द्र मानन्धरले उम्मेदवारी दर्ता गराएका छन् । आइतबार नगरपालिकाको कार्यालय पुगेर मानन्धरले अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका हुन् । 

उम्मेदवारी दर्ता गराउँदै मानन्धरेले एमाले र उम्मेदवारप्रतिको आशा व्यवहारमा परिणत गर्ने बताए ।  उनले भने, ‘यस पटक कीर्तिपुरमा एमाले र उम्मेदवारप्रतिको आशा व्यवहारमा परिणत गर्छौँ । एकता सहकार्यको इतिहास कायम गर्नेछौँ । कीर्तिपुरको समृद्धि र विकासका लागि काम गर्नेछौँ ।’ 

उनले आफ्नो कार्यकालमा समृद्ध कीर्तिपुर बनाउने घोषणा समेत गरे ।  सो नगरपालिकाको वडा नम्बर १ को अध्यक्षमा हर्ष महर्जन र  ४ मा बद्री बुढाथोकीको उम्मेदवारी परेको छ । उनीहरुले पनि आफ्ना उम्मेदवारी दर्ता गराएका छन् ।  

प्रतिकृया दिनुहोस्