×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

तीनकुने प्रदर्शनमा ज्यान गुमाउनेका परिवारलाई १०/१० लाख दिने सरकारको निर्णय

तीनकुने प्रदर्शनमा ज्यान गुमाउनेका परिवारलाई १०/१० लाख दिने सरकारको निर्णय

काठमाडौँ । गृह मन्त्रालयले राजावादीको हिंसात्मक प्रदर्शनका क्रममा ज्यान गुमाउनेका परिवारलाई १०र१० लाख रुपैयाँ दिने निर्णय गरेको छ । शुक्रबार भएको हिंसात्मक प्रदर्शनमा प्रहरीको गोली लागेर एक प्रदर्शनकारी सविन महर्जनको मृत्यु भएको थियो । यस्तै समाचार संकलनमा खटिएका पत्रकार सुरेश रजकको सोही प्रदर्शनका क्रममा भएको आगलागीमा परेर मृत्यु भएको थियो । 

दुबै जनाका परिवारलाई १०र१० लाख रुपैयाँ दिने निर्णय भएको गृह मन्त्रालय स्रोतले जनाएको छ । सो रकम निकासाका लागि मन्त्रालयले अर्थलाई सिफारिस गरिसकेको छ । 

स्रोतका अनुसार मन्त्रालयले सञ्चारमाध्यमहरूमा आवश्यक सुरक्षाको प्रबन्ध गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन पनि गृहले दिएको छ । सोहीअनुसार कार्यालयले आवश्यक तयारी समेत थालिसकेको छ ।

प्रतिकृया दिनुहोस्