काठमाडौँ । शुक्रबार पनि नेपाली बजारमा सुनको मुल्यमा नयाँ रेकर्ड कायम भएको छ । आज छापावाला सुन तोलामा ५ सय रुपैयाँ बढेर प्रतितोला एक लाख ६१ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुन हिजो बिहिबार प्रतितोला एक लाख ६० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मुल्य आज पनि स्थिर छ । आज पनि चाँदी प्रतितोला एक हजार ९ सय ५५ रुपैयाँमा कारोबार भैरहेको छ ।