काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा ८ सय रुपैयाँ बढेर प्रतितोला एक लाख ५४ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा ५ रुपैयाँ बढेर प्रतितोला एक हजार ८ सय ४५ रुपैयाँमा कारोबार भैरहेको छ ।