काठमाडौँ । बुधबार नेपाली बजारमा सुनचाँदीको मुल्य ह्वात्तै बढेको छ । आज छापावाला सुन तोलामा एक हजार एक सय रुपैयाँ बढेर प्रतितोला एक लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन प्रतितोला एक लाख ६९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदी आज तोलामा १५ रुपैयाँ बढेर प्रतितोला एक हजार ९ सय ८५ रुपैयाँमा कारोबार भैरहेको छ ।