काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले एमाले केन्द्रीय कार्यालय भवन बनाउन १ रुपैयाँ संकलन अभियान सुरु गरेको छ । सो संगठनको क्याम्पस जिल्ला कमिटीको आयोजनामा आइतबार प्रदर्शनीमार्ग १ रुपैयाँ संकलन अभियानको सुरुवात गर्दै व्यंगात्मक रुपमा विरोध प्रदर्शन गरिएको हो ।
प्रदर्शनमा सहभागी विद्यार्थीहरुले ‘भ्रष्ट एमालेलाई रु १ सहयोग’, ‘तपाईं जनताको प्रधानमन्त्री कि भ्रष्टचारीको’, ‘देशभक्त क्रान्तिकारी युवा एक हौँ’ लगायतका नारा लेखिएका ब्यानर र पम्प्लेट बोकेका थिए ।