×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

तिजको दिन पशुपतिनाथको सहज रूपमा दर्शन गर्न सकिने गरी विशेष व्यवस्था

तिजको दिन पशुपतिनाथको सहज रूपमा दर्शन गर्न सकिने गरी विशेष व्यवस्था


काठमाडौँ । तिजको दिन हरितालिका तिज पर्वका अवसरमा पशुपति क्षेत्र विकास कोषले भक्तजनलाई सहज रूपमा दर्शन गर्न सकिने गरी विशेष व्यवस्था गरेको जनाएको छ ।

आइतबार पत्रकार सम्मेलनमार्फत कोषले भगवान पशुपतिनाथको दर्शनका लागि भक्तजनले चार अलग–अलग मार्ग प्रयोग गर्न सक्ने व्यवस्था मिलाएको जानकारी गराएको छ ।

यसका साथै सुरक्षा, स्वयंसेवा, चन्दनप्रसाद वितरण, जुत्ता–चप्पल कक्ष, आकस्मिक स्वास्थ्य सेवा र भजन–कीर्तनलगायतका व्यवस्थाहरू पनि अन्तिम तयारीको चरणमा पुगेको कोषले जनाएको छ । तिज १० गते परेको छ । 
१. गौरीघाट–उमाकुण्ड–दक्षिणामूर्ति–रुद्रगाडेश्वर–वासुकी हुँदै भक्तजनले उत्तर ढोकाबाट प्रवेश गरी पश्चिम मूलढोकाबाट निस्कने व्यवस्था मिलाइएको छ ।

२. मित्रपार्क–जयवागेश्वरी–पाचागणेश–भिमसेनस्थान–भुवनेश्वरी–शंकराचार्य मठ दक्षिण हुँदै फलामे पुल पश्चिम सानो ढोकाबाट प्रवेश गरी पश्चिम मूलढोकाबाट बाहिर निस्कने व्यवस्था गरिएको छ ।

३. पिंगलास्थान–चारशिवालय–पञ्चदेवल–बज्रघर हुँदै भक्तजनले कोटिलिङ्गेश्वर छेउको सानो ढोकाबाट प्रवेश गरी दक्षिण ढोकाबाट बाहिर निस्कने व्यवस्था मिलाइएको छ ।

४. तिलगङ्गा–राम मन्दिर हुँदै बागमती नदीको पूर्व किनार र आर्यघाट नजिकको पुल तरेर भक्तजनले पूर्व ढोकाबाट प्रवेश गरी त्यही बाटो हुँदै फर्कने व्यवस्था गरिएको छ ।

कोषले भक्तजनले छिटो र सहज रूपमा दर्शन गर्न सकुन् भनेर बिहान ३ बजेबाट नै मन्दिरका चारै ढोका खुला गरिने समेत जनाएको छ ।
 

प्रतिकृया दिनुहोस्