×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

स्वागत मन्तव्य दिएर मञ्चबाट ओर्लिएका वडाध्यक्षको हृदयाघातबाट मृत्यु

स्वागत मन्तव्य दिएर मञ्चबाट ओर्लिएका वडाध्यक्षको हृदयाघातबाट मृत्यु

काठमाडौँ । राष्ट्रिय युवा संघको जिल्ला अधिवेशनमा स्वागत मन्तव्य दिएर मञ्चबाट ओर्लिएका पूर्वीनवलपरासीको कावासोती नगरपालिका– १ का वडाध्यक्षको हृदयाघातका कारण मृत्यु भएको छ ।

राष्ट्रिय युवा संघ पूर्वी नवलपरासीको सहसचिवसमेत रहेका वडाध्यक्ष तवारक अहमद मियाँको ज्यान गएको हो । राष्ट्रिय युवा संघ नवलपुरले गैँडाकोटस्थित श्रीराम पार्टी प्यालेसमा गरेको दशौं जिल्ला अधिवेशनमा स्वागत मन्तव्य दिएर मञ्चबाट तल ओर्लिने बित्तिकै मियाँ ढलेका थिए ।

तत्कालै उपचारका लागि चितवन मेडिकल कलेज लगिए पनि मिया फर्किन सकेनन् । मियाको उपचारको क्रममा दिउँसो २ः ४२ बजे मृत्यु भएको चितवन मेडिकल कलेजले जनाएको छ ।

३७ वर्षका मियाँका श्रीमती, तीन छोरी र एक छोरा छन् । मियाँको निधन भएपछि जिल्ला अधिवेशन स्थगित गरिएको छ ।
 

प्रतिकृया दिनुहोस्