×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

एमाले जग्गा विवाद : प्रधान न्यायाधीश राउतकै इजलासमा पेसी

एमाले जग्गा विवाद : प्रधान न्यायाधीश राउतकै इजलासमा पेसी

काठमाडौँ । नेकपा एमालेको पार्टी कार्यालय निर्माणका लागि व्यवसायी मीनबहादुर गुरुङले दानमा दिएको जग्गा विरुद्ध दायर भएको रिट प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतसहितको पूर्ण इजलासमा पेसी परेको छ।  प्रधान न्यायाधीश राउत र न्यायाधीश टेकप्रसाद ढुङ्गानाको इजलासमा उक्त मुद्दाको पेसी गोलाद्वारा तोकिएको हो । 

अधिवक्ता ज्ञानबहादुर बस्नेतले दायर गरेको रिट  ‘म’ नम्बरमा पेसी रहेको छ।   उक्त मुद्दा भन्दा अघि २४ थान मुद्दा सुनुवाइका लागि पेसी तोकिएका छन् ।  सोही कारण उक्त मुद्दाको सुनुवाइ हुने सम्भावना न्यून रहेको छ । यसअघि कात्तिक २६ गते पेसी तोकिएपछि हेर्न नमिल्ने हुँदै सरेको थियो । 

न्यायाधीशद्धय नहकुल सुवेदी र नित्यानन्दको एकल इजलासमा पेसी रहेको उक्त मुद्दा न्यायाधीश सुवेदीले हेर्न नमिल्ने भएका  कारण सुनुवाइ हुन सकेन । उक्त मुद्दामा पहिलो सुनुवाइ गर्दै सर्वोच्चले  कात्तिक १२ गते अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । न्यायाधीश सुनीलकुमार पोखरेलको इजलासले भाटभटेनी डिपार्टमेन्ट स्टोरका मालिक गुरुङसँग जग्गा तत्काल लिने कार्य रोक लगाएको थियो । 

अधिवक्ता बस्नेतले एमालेलाई जग्गा दान दिने निर्णय अन्तरिम आदेश मार्फत बदर गर्न माग गर्दै  कात्तिक ७ गते रिट दायर गरेका थिए । सुरुमा उक्त रिट दर्ता गर्न अस्वीकार गर्दै सर्वोच्च प्रशासनले दरपिठ गरेको थियो । 

प्रतिकृया दिनुहोस्