×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

विश्व

टोरन्टो विमानस्थलमा ८० जना सवार विमान पल्टियो

टोरन्टो विमानस्थलमा ८० जना सवार विमान पल्टियो

काठमाडौं । क्यानडाको टोरन्टो विमानस्थलमा एउटा विमान पल्टिएको छ । डेल्टा एयरलाइन्सको विमान अवतरणको क्रममा चिप्लिएर दुर्घटनामा भएको हो । उक्त विमान रनवेको किनारमा उत्तानो परेको छ । जहाँ बाक्लो हिउँ जमेको छ ।

स्थानीय समय अनुसार दिउँसो करिब पौने तीन बजे विमान पल्टिएको हो । उक्त विमानमा ८० यात्रु सवार थिए । बीबीसीका अनुसार यो दुर्घटनामा करिब १५ जना घाइते भएका छन् र तीमध्ये तीन जनाको अवस्था गम्भीर छ ।

तर डेल्टा एयरलाइन्सका सीईओ डेबोराह फ्लिन्टले भने कुनै पनि यात्रु गम्भिर घाइते नभएको बताएका छन् । यो विमान पल्टिनुअघि टोरन्टो पियर्सन अन्तर्राष्ट्रिय विमानस्थलमा करिब २६ उडान डाइभर्ट गरिएको थियो । धेरैजसो विमानलाई मोन्ट्रियल र ओट्टावा डाइभर्ट गरिएको थियो ।

विमान दुर्घटनाको कारण खुलेको छैन । विमानस्थलका अधिकारीहरुले रनवे सुक्खा रहेको बताएका छन् । तर विमान कसरी चिप्लियो भन्नेबारे अनुसन्धान सुरु गरिएको बताएका छन् ।
 

प्रतिकृया दिनुहोस्