×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

प्रदेश

कालिकोटको तिलागुफा नगरपालिका–४ को वडाध्यक्षमा नेमकिपाका खड्कराज शाही निर्वाचित

कालिकोटको तिलागुफा नगरपालिका–४ को वडाध्यक्षमा नेमकिपाका खड्कराज शाही निर्वाचित

काठमाडौँ । कालिकोटको तिलागुफा नगरपालिका–४ को वडा अध्यक्षमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का खड्कराज शाही निर्वाचित भएका छन् । 

उनी १४३ मत ल्याएर वडाध्यक्षमा विजयी भएको कालिकोटका निमित्त जिल्ला निर्वाचन अधिकारी धनबहादुर मल्लले जानकारी दिए । 

यहाँ एकीकृत समाजवादीको साथ पाएको माओवादीका नैशोभा शाहीले ११५, एमालेबाट ऐनबहादुर शाहीले ७८, कांग्रेसबाट पैलन बहादुर शाहीले ४९ मत पाएका छन् ।

यस्तै राप्रपा १५, स्वतन्त्रले ५ र ४ मत बदर रहेका छन् ।  यहाँ ४११ मत खसेको थियो । यहाँ यसअघि माओवादीले जितेको थियो । 

प्रतिकृया दिनुहोस्