×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

बैंक/वित्त

गरिमा विकास बैंकद्वारा 3D Secure सेवा सुरु

गरिमा विकास बैंकद्वारा 3D Secure सेवा सुरु

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले 3D Secure ई-कमर्श सेवाको सुरुवात गरेको छ । नविनतम डिजिटल बैकिङमार्फत लामो समयदेखि आफ्ना ग्राहकवर्गहरूलाई सुरक्षित बैकिङ्ग सेवा प्रदान गर्दै गरिमाले आफ्नो डिजिटल बैकिङ सेवालाई थप गुणस्तरीय एवं ग्राहकमैत्री बनाउने उद्देश्यका साथ उक्त सेवाको सुरुवात गरेको हो । 

यसअन्तर्गत नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल)को सहकार्यमा विकास बैंकको डेविट तथा क्रेडिट कार्ड मार्फत सिधैँ रकम भुक्तानी गरी विभिन्न अनलाइन प्लेटफर्महरूमार्फत वस्तु तथा सेवा खरिद गर्न सकिनेछ । 

उक्त सेवा सुचारु गर्न चाहने विकास बैंकका डेविट तथा क्रेडिट कार्ड होल्डर ग्राहकहरूले यस विकास बैंकमा सम्पर्क गरी आफ्नो कार्डमा ई-कमर्श सुविधा सुचारू गर्न सक्नेछन् जसबाट सुरक्षित, गुणस्तरीय एवं ग्राहकमैत्री अनलाइन भुक्तानीको अनुभव गर्न सकिनेछ । 

अनलाईन मार्फत वस्तु तथा सेवा खरिद गर्ने ग्राहकहरूको यस विकास बैंकमा रजिष्टर गरिएको मोबाईल नम्बरमा ओटिपि जाने व्यवस्था मिलाईएको हुँदा कारोबार थप सुरक्षित एवं गुणस्तरीय हुने विश्वास रहेको छ । 

हाल, गरिमा विकास बैंकले देशभर १२३ शाखा कार्यालय, १ एक्स्टेन्सन काउन्टर र ५१ एटिएम साथै नविनतम डिजिटल बैकिङ मार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आईरहेको छ ।  

प्रतिकृया दिनुहोस्