×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

चिनियाँ राष्ट्रपति सी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

चिनियाँ राष्ट्रपति सी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबीच बेइजिङमा भेटवार्ता भएको छ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले केहीबेर अघि सीसँग भेटवार्ता गरेका हुन् । देउताइ स्टेट गेस्ट हाउसको भिल्ला नम्बर १२ मा उनीहरुबीच भेट भएको हो ।

यसअघि प्रधानमन्त्री ओलीले समकक्षी ली छ्याङसँग भेटवार्ता गरेका थिए । सो भेटवार्ताको क्रममा दुई देशका अधिकारीले ९ बुँदे सहमति/समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

ग्रेट हल अफ दी पिपुलमा भएको दुई पक्षीय वार्ताले दुई देशको सम्बन्धलाई अझ उचाइमा लग्न सहयोग पुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सोमबारदेखि चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओली २० गते स्वदेश फर्किने छन् ।
 

प्रतिकृया दिनुहोस्