×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

आज विप्लव नेतृत्वको नेकपाले काठमाडौंमा प्रदर्शन र सभा गर्दै

आज विप्लव नेतृत्वको नेकपाले काठमाडौंमा प्रदर्शन र सभा गर्दै

काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले आज काठमाडौंमा प्रदर्शन र सभा गर्दैछ । जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रम लगायतका विषयमा पार्टीको धारणा आम जनतामाझ पुर्‍याउने उद्देश्यले सभा गर्न लागिएको नेकपाले जनाएको छ ।

दिउँसो १ बजे भृकुटीमण्डमा आयोजना हुने सभालाई महासचिव नेत्रविक्रम चन्द विप्लवले सम्बोधन गर्ने छन् ।

सभा अगाडि र्‍याली निकाल्ने योजना नेकपाको छ । सभामा काठमाडौं उपत्यका र आसपासका जिल्लाबाट कार्यकर्ताहरुलाई उतार्ने तयारी छ । १० हजार बढीको संख्यामा कार्यकर्ता उतार्ने दाबी उनीहरुको छ ।

प्रतिकृया दिनुहोस्