×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

कुलमान र हितेन्द्रको मुद्दामा आइतबार अर्को पेसी

कुलमान र हितेन्द्रको मुद्दामा आइतबार अर्को पेसी

काठमाडौँ । कुलमान घिसिङ र हितेन्द्र शाक्यको मुद्दामा आज निर्णय भएन । शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासमा रहेको दुवै मुद्दाको सुनुवाइ आइतबारलाई सारिएको हो । 

शुक्रबार उक्त मुद्दाको पहिलो बहस पछि न्यायाधीश मुसलमानले सरकारको कुरा पनि सुन्नुपर्ने भन्दै दुवै मुद्दालाई साथमै राखेर आइतबार सुनुवाइ गर्नुपर्ने जानकारी इजलासलाई गराएका छन् । 

आज कुलमानको पेशी दोस्रो नम्बरमा थियो भने हितेन्द्रको पाँचौं नम्बरमा थियो । दुवै मुद्दाको विषय समान देखिएकोले साथै राख्नुपर्ने आदेश इजलासले सुनाएको हो ।
 

प्रतिकृया दिनुहोस्