×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

खेलकुद

एनपीएलमा रोहित पौडेलको अर्धशतक

एनपीएलमा रोहित पौडेलको अर्धशतक

काठमाडौं । लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिग (एनपीएन) मा दोस्रो अर्धशतक प्रहार गरेका छन् ।

उनले चितवन राइनोजविरुद्धको खेलमा आफ्नो दोस्रो अर्धशतक पूरा गरेका हुन् । उनले ४३ बल खेल्दै २ चौका र ३ छक्काको मदद्तमा ५० रन पूरा गरेका हुन् । यसअघि उनले पोखरा एभेन्जर्ससँग ९५ रन हानेका थिए ।

रोहित जारी एनपीएलमा सर्वाधिक रन बनाउने खेलाडी हुन् । उनले अहिलेसम्म यसअघिको चार खेलमा १८१ रन रन बनाएका थिए । आज अर्धशतक प्रहार गरेपछि उनले २०० रनको आँकडा कटाइसकेका छन् ।

रोहितको उत्कृष्ट ब्याटिङका बाबजुत लुम्बिनी अहिलेसम्म भएका चारै खेल हारेको छ र जितविहीन छ ।

रोहित एनपीएलमा दुई शतक हान्ने दोस्रो र पहिलो नेपाली खेलाडी हुन् । यसअघि चितवन राइनोजका इंग्लिस खेलाडी रवि बोपाराले दुई अर्धशतक हानेका थिए ।

प्रतिकृया दिनुहोस्