×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

अर्थ/वाणिज्य

बंगलादेशमा नियमित ४० मेगावाट विद्युत निर्यात सुरु

बंगलादेशमा नियमित ४० मेगावाट विद्युत निर्यात सुरु

काठमाडौं । नेपालले आजबाट बंगलादेशमा नियमित ४० मेगावाट विद्युत निर्यात थालेको छ । शनिबार रातीबाटै सो मात्रामा विद्युत निर्यात थालिएको ऊर्जा, जलस्रोत तथा सिञ्चाईमन्त्री दीपक खड्काले जानकारी दिए ।

उनले आजको दिनलाई ऐतिहासिक उपलब्धी समेत भनेका छन् । त्यसो त बंगलादेशसँग विद्युत निर्यात गत वर्षबाटै सुरु भएको हो । अघिल्लो वर्ष एक दिन मात्र विजुली पठाएर औपचारिकता दिइएको थियो ।

अब नियमित रुपमा तेस्रो मुलुकमा विद्युत जाने छ । नेपालबाट भारतको ग्रिडमार्फत बंगलादेशमा विजुली पठाउन थालिएको हो । ऊर्जामन्त्री खण्डकाले बिहारलाई समेत ८० मेगावाट विद्युत निर्यात थालिएको बताएका छन् ।

प्रतिकृया दिनुहोस्