काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनचाँदीको मुल्यमा नयाँ रेकर्ड कायम भएको छ । आज छापावाला सुन तोलामा १९०० रुपैयाँ बढेर प्रतितोला दुई लाख १७ हजार १०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन प्रतितोला दुई लाख १५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा २० रुपैयाँ बढेर प्रतितोला दुई हजार ५ सय ९५ रुपैयाँमा कारोबार भैरहेको छ ।