काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मुल्य ह्वात्तै बढेको छ । आज छापावाला सुन तोलामा २ हजार रुपैयाँ बढेर प्रतितोला एक लाख ६६ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन तोलामा ४ हजार रुपैयाँ घटेर प्रतितोला एक लाख ६४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदी तोलामा २० रुपैयाँ बढेर प्रतितोला १९ सय ८० रुपैयाँमा कारोबार भैरहेको छ ।