×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

रवि लामिछानेलाई लिएर पोखराबाट आएको विमान भैरहवा विमानस्थलमा अवतरण

रवि लामिछानेलाई लिएर पोखराबाट आएको विमान भैरहवा विमानस्थलमा अवतरण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई लिएर पोखराबाट आएको विमान भैरहवा विमानस्थलमा अवतरण गरेको छ । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि प्रहरीको हिरासतमा रहेका लामिछानेलाई रुपन्देहीमा बयानका लागि ल्याइएको हो । बुद्ध एयरको नियमित उडानमार्फत उनलाई पोखराबाट भैरहवा ल्याइएको हो ।

लामिछानेलाई मंगलबार बिहानै भैरहवा ल्याउने योजना रहे पनि भैरहवा विमानस्थलमा प्रतिकूल मौसमका कारण उडान ढिलो भएको हो ।

लामिछानेमाथि बुटवलको सुप्रिम सहकारीको रकम हिनामिना गरेको आरोप छ । लामिछानेसँग रुपन्देही जिल्ला सरकारी वकिलको कार्यालयले बयान लिने छ ।

प्रतिकृया दिनुहोस्